Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याय न पाएको भन्ने कुरा निराधार भएको गढी गाउँपालिकाको स्पष्टोक्ती

सुनसरी/ सुनसरीको गढी गाउँपालिकामा एक महिलाले न्याय न पाएको भन्दै आफ्न्त र स्थानियवासीहरुले गढी गाउँ पालिका घेराउ गरेको बिषयमा न्याय न पाएको भन्ने कुरा न्यायिक समितिमा बिचाराधिन रहेको भन्दै सो कुरा निराधार भएको गढी गाउँपालिकाले स्पष्टोक्ती गरेको छ ।

संचारकर्मीहरुसँग कुरा गर्दै गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले न्याय न पाएको र ९ लाख लिएर छोडपत्र गर्न दबाब दिएको भन्ने कुरा निराधार भएको बताउनु भएको छ ।

उक्त बिषयमा गढी गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक राजकुमारी चौधरीले कसैलाइ कुनै किसिमको दवाव न दिएको र कुनै प्रलोभनमा न पारेको दाबी गर्नु भयो । राजकुमारी चौधरीले साउन ३ गते दुवै पक्षलाइ बोलाएर छलफल गराउने सहमती भएको समेत बताउनु भयो ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १० बदगम्माकी २२ वर्षिय सिन्की यादवले आफ्नो श्रीमान गढी गाउँपालिका ६ का बिरेन्द्र खड्का यादवले बिहे भएको अढाइ वर्षदेखिनै बिभिन्न घरेलु हिंसा दिएको भन्दै न्यायकोलागि गाउँपालिका धाएको भएपनि न्याय न पाएको र आर्थिक प्रलोभनमा छोडपत्र गर्न दबाब दिएको बताएकी थिइन ।

मंगलवार पिडित पक्ष तथा स्थानियवासीहरुले गढी गाउँपालिका परिसर घेराउ गर्दै दुहबी–इनरुवा सडक खण्ड १ घण्टाको लागि ठप्प पारेका थिए ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्