Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को आर्थिक वर्षको बजेट बहुमतले पारित

हेटौँडा : प्रदेश ३ को आर्थिक वर्ष २०७६/०७७ को बजेट बहुमतले पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रस्ताव गरेका विनियोजन विधेयक र राजश्व र व्ययको अनुमान पारित गर्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

संसदमा नेकपाका सांसदले बजेट पारित गर्न “हुन्छ” भन्ने पक्षमा हात उठाएका थिए भने, नेपाली कांग्रेस र नेमकिपा र साझा पार्टीले बजेट पारित गर्न “हुन्न” भन्ने पक्षमा हात उठाएका थिए ।

यस्तै राप्रपा संयुक्तकी प्रदेशसभा सदस्यले हुन्छ वा हुन्न भन्ने दुवै पक्षमा हात उठाइनन् । प्रदेश ३ मा प्रतिनिधित्व गर्ने दल नेपाली कांग्रेसका सांसद न्हुच्छे नारायण श्रेष्ठ, नेमकिपाका सांसद सुरेन्द्र राज गोसाईँ , सिर्जना सायँजु, विवेकशीलका सांसद रमेश पौड्याल, राप्रपा संयुक्तकी सांसद रिना गुरुङले गरेका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मन्त्री ढुङ्गेलले ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६/०७७को विनियोजन विधेयक र राजश्व र व्ययको अनुमान पारित गने प्रस्ताव गरेका थिए ।

बजेट पास हुनुअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीले जवाफ दिएका थिए । विवेकशील संसदमा बसेन विनियोजन विधेयक र राजश्व र व्ययको अनुमानको निर्णायर्थ पेश गर्न केहि बेरअघि विवेकशील नेपाली दलका सांसद रमेश पौड्याल संसदबाट निस्किेर हिँडेका हुन् ।

उनले प्रस्ताव गरेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत हुनेबित्तिकै संसदबाट बाहिरिएका हुन् । तत्कालीन विवेकशील साझा पार्टी फुटेर हाल विवेकशील नेपाली दल उक्त पार्टीको दुई जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । यस्तै ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विधेयक माथिको छलफल सुरु भएको छ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्