Logo
१३ बैशाख २०८१, बिहीबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री राउतले बाँडे ११४ छात्रालाई साइकल

जनकपुरधाम : प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बिहीबारबाट साइकल वितरण कार्य सुरु गरिएको छ ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित सकल भवन कन्या माध्यमिक विद्यालयबाट साइकल वितरण सुरु गरेका हुन् ।

विद्यालयमै आयोजित समारोहमा मुख्यमन्त्री राउतले कक्षा ८ मा अध्ययनरत १ सय १४ छात्रालाई साइकल हस्तान्तरण गरेका छन्। साइकल पाएपछि टाढाबाट आउने छात्रालाई सहज हुने मुख्यमन्त्री राउतले बताए । उनले साइकल वितरण अभियान बिहीबारबाट सुरु भएको र यस आर्थिक वर्षमै सय १४ हजार साइकल बाँड्ने योजना रहेको बताए ।

उनले भने- ’पहिले ४ हजार वितरण हुन्छ । यसलगत्तै थप १० हजार बाँड्ने योजना छ ।’ ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रम अघि बढाएर महिला सशक्तिकरणमा यस प्रदेशलाई अग्रपंक्तिमा राख्ने सोच लिएको मुख्यमन्त्री राउतको भनाई थियो ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्