Logo
१२ बैशाख २०८१, बुधबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माग नै नगरिएको पदमा कर्मचारी भर्नाको विज्ञापन, कर्मचारी पठाइए नियुक्ति नदिने चेतावनी

काठमाडौं : लोक सेवा आयोगको दरखास्त दिने म्याद सकिनै लाग्दा संखुवासभाको चैनपुर नगरपालिकाका आफैले विज्ञापन रद्ध गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

बुधबार विज्ञापन रद्ध गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चैनपुर नगरपालिकाकाले पत्राचार गर्दै आग्रह गरेको हो ।

लोक सेवा आयोगलाई बोधार्थ दिइएको पत्रमा चैनपुर नगरपालिका प्रमुख भरत कुमार खत्रीको हस्ताक्षर छ । चलानी नं. २०५१ को पत्रमा यदि चैनपुर नगरपालिकामा कर्मचारी पठाइए नियुक्ति नदिने चेतावनीसमेत दिइएको छ ।

देशभरका स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान र्गयो । यो विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ ।

माग नगरेको पदमा विज्ञापन :

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले स्थानीय तहहरुलाई २०७५ वैशाख ११ गते परिपत्र गर्दै आफूलाई आवश्यक कर्मचारीको विवरण पठाउन भनेको थियो । विवरण संकलन गरी लोक सेवा आयोगलाई कर्मचारीको विज्ञापन गरिदिन भनिएको थियो ।

कर्मचारी माग फारममा स्थानीय तहको प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर हुनुपर्ने भनिएको थियो । तर चैनपुर नगरपालिका प्रमुख खत्रीले माग फारममा आफ्नो हस्ताक्षर नै नभएकाले कर्मचारीको विज्ञापन रद्ध गर्न पत्रमार्फत् भनेका छन् ।

प्रमुख खत्रील भने, ‘हामीले अहिले कर्मचारी मागेका थिएनौं । २०७४ सालमै ८५ जना कर्मचारी आवश्यक छ, व्यवस्था गरिदेऊ भनेर मन्त्रालयलाई भनेका थियौं । अहिले त २७ जना कर्मचारीको पो विज्ञापन खोलियो । त्यही भएर मैले जानी-जानी २७ जना कर्मचारी चाहिएन भनेर पत्र पठाएको हुँ ।’

उनले भने, ‘अहिले मैले २७ जना कर्मचारी चाहियो भनेर फारम भरेको छैन । यदि ती कर्मचारी भर्ना गरियो र यहाँ नियुक्तिका लागि पठाइयो भने हामीले नियुक्ति दिँदैनौं ।’ उनले चैनपुर नगरपालिकाका सबै शाखाहरु प्रमुखविहीन भएकाले पहिले ती कर्मचारीहरुको व्यवस्था मन्त्रालयले गरिदिनुपर्ने बताए ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्