Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार जग्गा प्रकरण : थप ३ जनालाई सम्पर्कमा आउन सूचना सार्वजनिक

काठमाडौँ : बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ३ जनालाई बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै ८६ जनालाई बयानको लागि बोलाएको थियो ।

अख्तियारले हुपेन्द्रमणी केसी, राम कुमार सुवेदी र शोभाकान्त ढकाललाई ७ दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

अख्तियारले बुधबार जारी गरेको सावएजनिक सूचनामा यी तीनै जनाको नाम थिएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल, केसी र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइने बताएका थिए ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्