Logo
१५ चैत्र २०८०, बिहीबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसइइको नतिजा आज बिहिबार सार्वजनिक गरिने

काठमाडौँ :  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।

वि सं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ र दिउँसो २ बजे बोर्ड बैठक बसेपछि नतिजा प्रकाशन हुनेछ ।

यस वर्षको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको वेबसाइटhttp://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results  बाट पनि नतिजा हेर्न सकिनेछ ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्