Logo
७ बैशाख २०८१, शुक्रबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीपछि बनेपामा पनि देखियो सिरिन्ज आतंक

काभ्रे :  बनेपाको व्यस्त बजारमा हिँडिरहेकी ३४ वर्षीया महिलामाथि अर्की युवतीले सिरिन्ज प्रहार गरेकी छिन् । बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज प्रहार गरेर फरार भएकी हुन् । मंगलबार राति सवा ८ बजे घर फर्कनेक्रममा उक्त घटना भएको हो ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपामा पनि यसको आतंक फैसलएको हो । ती पीडित युवती बनेपा नगरपालिका – ८ करुणा मार्गमा ठमेल घर भई २०७२ साल देखि बनेपामा बस्दै आएकी हुन् ।

‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौं’-उनले भनिन-‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले थपिन्–‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘विहान उठ्दा समेत हात दुख्न छाडेन’-ती युवतीले भनिन्-‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ ।

तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गरे र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भनिन-‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्