Logo
१५ चैत्र २०८०, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा ३ अंकले गिरावट

काठमाडौं :  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर १ हजार २५८.२९ विन्दुमा ओर्लिएकोे छ । सोमबार र मङ्गलबार उकालो लागेको नेप्से परिसूचक आज भने ओरालो लागेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड १ लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आज ४ उपसमूहको शेयर उकालो लागेको छ भने ८ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.५३, होटल ०.६, अन्य ०.४६ र सामूहिक लगानीकोष ०।०२ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२३, विकास बैंक ०.९४, जलविद्युत् ५.७१, वित्त ०.५६, निर्जीवन बीमा ४.९, उत्पादन ६.१२, लघुवित्त ३.८६ र जीवन बीमा ११.१८ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४२ लाख ७३ हजार ४३०, नेपाल बैंक लिमिटेड रु ४ करोड १९ लाख ७४ हजार ८६६, प्रभु बैंक रु २ करोड ७१ लाख ५२ हजार ६७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर रु २ करोड ४१ लाख ५ हजार ६०० र प्रिमियर इन्स्योरेन्स कम्पनीको रु १ करोड ४४ लाख ४९ हजार ७२४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९५, आइएमइ जनरल इन्स्योरेन्स ६.९५, पाँचथर पावर कम्पनी ६.४७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ४.७५ र अरुण काबेली पावर कम्पनीका शेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.३६, आशा लघुवित्त वित्तीय संस्था ४.१७, सिद्धार्थ इन्स्योरेन्स ३.१३ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्