Logo
८ बैशाख २०८१, शनिबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकमा गरिएको विस्वासको परिणाम : विवाह गराईदिने आशमा ४ लाख ठगीमा परे यूवक

काठमाडौं : युवतीसँग विवाह गराईदिने बहानामा चार लाख ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट परिचय गरी सुन्दर युवतीसँग विवाह गराईदिने भन्दै युवकसँग रकम लिने दोलखाकी २३ वर्षीय कल्पना बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार कल्पनाले दोलखाकै २४ वर्षीय हरिबहादुर खड्कालाई फेसबुकमार्फत युवतीको फोटो पठाई उनले तपाईंलाई माया गर्ने र विवाह गर्न चाहेको बताएर बिश्वासमा लिएकी थिईन् ।

बिश्वासमा पारेपछि केटी दुर्घटनामा परेकाले उपचारका लागि रकम पठाइदिनुस् भनि पटकपटक गरी ४ लाख ५५ हजार लिएपछि केटीको उपचारको क्रममा भारतमै निधन भयो भन्ने कल्पनाको भनाइ शंका लागेपछि हरिबहादुरले प्रहरीलाई सूचना दिएका थिए । सूचनाकै आधारमा प्रहरीले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी अभियुक्त कल्पनालाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्