Logo
१५ चैत्र २०८०, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुल्ला सिमानाका कारण लागू औषध ओसारपसार नेपालका लागि चुनौतिपुर्ण बन्दै

काठमाडौँ : गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण लागू औषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि चुनौतिपुर्ण बन्दै गएको बताएका छन् ।

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस सन्र्दभमा बुधबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध दुरुपयोगको समस्या नेपालका लागि झनै चुनौतिपूर्ण रहेको बताएका हुन् ।

लागू औषध समस्या र अन्तरनिहीत चुनौतिको तुलनामा सरकारका प्रयायहरु पर्याप्त नहुनु र खुल्ला सीमानाका कारण वपन यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपुर्ण रहेको उनको भनाई थियो ।

‘लागू औषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागू औषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतिपुर्ण रहिआएको छ’ मन्त्री थापाको भनाई छ ।

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई बैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे ।

कानुनको सफल कार्यान्वयनसँगै रोकथामको प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजका साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गरे ।

लागू औषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको गृहमन्त्री थापाको भनाई छ ।

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्तराष्टिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्