Logo
७ बैशाख २०८१, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई बयानका लागि उपस्थित हुन अख्तियारको निर्देशन (नामावलीसहित)

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।

यसअघि यो प्रकरणमा मुछिएका डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम अख्तियारले जारी गरेको सूचीमा छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइनेछ ।

अख्तियारका अनुसार फोनमार्फत सम्पर्क नभएकाहरुको मात्रै सूचना निकालिएको हो ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्