Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदित्य नारायण असार २१मा नेपाल आउने

काठमाडौं :  पछिल्लो समययता विदेशी गायकको नेपाल आउने ओइरो लागेको छ । नेपाल आएर नेपाली दर्शक माझ विशेष कार्यक्रममा आफ्नो उत्कृष्ट गीत गाउने पाइएको छ । उक्त लिस्टमा आदित्य नारायण झाको पनि नाम थपेको छ । उनी जुलाई ६ मा  नेपाल आउनेछन् ।

केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाडौंका संगीतप्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन् ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् ।
उनले आफैले बनाएको भिडियोमार्फत नेपाल आउने जानकारी दिएका हुन् । ‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु’ भिडियोमा उनले सम्बोधन गरेका छन् । उनले नेपालीसँग आफुले समय बिताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन् ।

गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । केहि दिन अगाडी आदित्य नेपाल आउने चर्चा भएता पनि डेट फाईनल भएको थिएन ।

उनी नेपाल आएसँगै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकीको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् । क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्