Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्वाइस अफ नेपाल -२ : मूर्ख कारणहरु देखाएर निकालिए अभया

काठमाडौँ :  ‘द भ्वाइस अफ नेपाल सिजन -टू’मा कोच परिवर्तन हुने घोषणा फैलिएपछि साँगीतिक क्षेत्रमा खैलाबैला मच्चिएको छ । सिजन वानको कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बालाई सिजन टू बाट हटाइएको छ ।

अहिले सीजन २ मा अभया र सनुपको स्थानमा राजु लामा र गायिका आस्था राउतलाई राखिएको खबर छ भने गायक प्रमोद खरेल र दीप श्रेष्ठ यथावत नै छन् ।

आफूलाई कुनै जानकारी नै नदिई मूर्ख खालका कारणहरु पेश गरेर कोचबाट निकालिएपछि अभया आक्रोशित भएकी छन् । उनले आफूलाई कोचबाट हटाइएको भन्दै सोसल मीडियामा दुःख व्यक्त गरेकी छन् ।

भ्वाईस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार ग्रान्ड फिनालेमा सहभागी नहुँदा हेडक्वार्टरले नै असन्तुष्टि जनाएपछि अभयाको विकल्प खोजिएको बताएका थिए । पौडेलको यो भनाईको अभयाले आफ्नो ब्यान्डको युट्युब अकाउन्टमार्फत खण्डन गरेकी छन् ।

१३ मिनेट लामो भिडियोमा अभयाले फिनालेमा उपस्थित नहुने कुरा आफूले ३ महिना अघि नै व्यवस्थापनलाई जानकारी गराएको र व्यवस्थापनको अनुमति लिएर मात्रै आफू मेलवर्नमा कन्सर्टका लागि गएको बताएकी छन् ।

https://youtu.be/j_qAT4m8PhE

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्