Logo
८ बैशाख २०८१, शनिबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा परेकाे ४ रीटमाथि सुनुवाइ हुँदै

काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई अहिले भइरहेको छ । आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेको ४ वटा रिटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ । रीटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगको तर्फबाट जवाफ बाँकी नै रहेको छ ।

लोकसेवाको विज्ञापन समावेशी बनाउनका लागि रद्ध गरी पुनर्विज्ञापन गर्न माग गर्दै रिट परेको हो। आयोगको विज्ञापनमा भने हिजोसम्म ३ लाख ६७ हजारको आवेदन परेको छ । दोब्बर दस्तुर तिरेर असार १७ गते बेलुकीसम्म आवेदन दिन सकिनेछ । आयोगले स्थानिय तहका लागि गत जेठ १५ गते ९ हजार १ सय ६१ को संख्यामा भर्ना आह्वान गरेको थियो ।

लोकसेवा आयोगले गरेको विज्ञापन असमावेशी भएको भन्दै नेपाल आदिबासी जनजाती महासंघ र सम्पूर्ण आदिबासी जनजाती संगठनहरुले आज पनि प्रदर्शन गर्ने भएका छन् । माइतिघर मण्डलामा दिउँसो ३ बजे हुने प्रदर्शनमा आयोगले निकालेको विज्ञापन रद्ध गरी आरक्षण सुनिश्चिततासहितको विज्ञापन पुनः प्रकाशित गर्न माग गरिने महासंघले जनाएको छ ।

संविधानप्रदत्त समानुपातिक समावेशी सुनिश्चित गर, बहिस्कृत समुदायका लागि आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर भन्ने लगाएतमा माग उनिहरुको छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्