Logo
७ बैशाख २०८१, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाले विवाह गर्न नमान्दा ६ वर्षीया छोरीको अपहरण

बुटवल : गत सोमबार तिलोत्त नगरपालिका वडा नं १२की ६ वर्षीया बालिकालाई अपहरण गरी होटेलमा लुकाइराखेको अवस्थामा बुटवलको एक होटलबाट बुधबार बिहान प्रहरीले उद्दार गरेको छ ।

सोमबार साँझ करिब ८ बजेको समयमा टेकबहादुर थापाकी ६ वर्षीया छोरी साबित्री थापाको अपहरण भएको भन्दै थापाका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

पर्साको वीरगञ्ज महानगरपालिका-२७ का ३८ वर्षीय जयराम दासले बालिकाका बाबु टेकबहादुर थापा र आमा मन्जु थापा घरमै हुँदाहुँदै उनलाई जबरजस्ती अपहरण गरेको प्रहरीले बताएको छ ।

अपहरणकारी दासले विगत नौ महिनादेखि पीडितको घरनजिकै रहेको रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको रुपमा काम गर्दै आएका थिए । सोही क्रममा बालिकाकी आमा मन्जु थापासँग दासको चिनजान भएको र थापालाई दासले बिवाहको प्रस्ताबसमेत राखेको प्रहरीले बताएको छ ।

आमा मन्जु थापाले विवाहको प्रस्ताव स्वीकार नगर्दा दासले छोरीलाई अपहरण गरेको प्रहरीले अनुमान गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईको कमाण्डमा गएको एक टोलीले बुधबार बिहान ७:३० बजे बुटवलको होटल प्लाजा एण्ड रेष्टुरेण्ट साबित्री थापालाई उद्दार गरेको हो । बालिकालाई रेष्टुरेण्टको कोठा नं १०३ मा लुकाईराखेको अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

प्रहरीले अपहरणकारी जयराम दासलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्