Logo
१५ चैत्र २०८०, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसुवामा पनि बर्डफ्लु भेटियो

रसुवा : कुखुरा अथवा पन्क्षीमा देखिने बर्डफ्लु हालै रसुवा जिल्लामा पनि भेटिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्लेमा पालिएको कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

दुई महिना यता फैलिएको अज्ञात रोगले गाउँमा पालिएको कुखुरा धमाधम मर्न थालेपछि नौकुण्ड गाउँपालिकाको पशुसेवा शाखा र भोर्ले पशु सेवा कार्यलयले नमुना परीक्षणका लागि नुवाकोट लगिए पनि रोग पहिचान भएको थिएन ।

रोग पत्ता नलागेपछि थप परिक्षणका लागि गत मंगलबार पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर लगिएको थियो । स्थानीय रामकुमार थिङ र बुद्धिबहादुर थिङले पालेको कुखुरा फर्मबाट रोगि कुखुराको केन्द्रीय पशुपन्छी प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको भोर्ले पशुसेवा कार्यालयका प्राविधिक रामशरण न्यौपानेले बताए ।

नमुना जाँच गरिएको कुखुरामा एच ५ एन १ भेटिएको थियो । पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्नडा. तुलसीराम गम्पेको नेतृत्वमा र्’यापिड रेस्पोन्स टिम’ गठन गरी र अन्य आवश्यक जनशक्ति व्यवस्थापन गर्ने जिम्मा कन्ट्रोल रुप इन्चार्ज डा. जगतबहादुर सिंखडालाई तोकिएको छ ।

बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा ६ को १ र २ अनुसार पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने बताइएको छ ।
बर्डफ्लु को पुष्टि भएपछि प्रशासनले नै संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवामा सोमबार साँझ बैठक बसेर संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

संकटग्रस्त क्षेत्र घोषणा गरिएको चार किल्लाभित्रका कुखुराको खोर तथा नष्ट गरिएका स्थानहरुमा रोग फैलिन नदिन निसंक्रमणको व्यवस्था गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्