Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवका कार्यकर्ताले पेट्रोल खन्याइ जलाए गाउँपालिका कार्यालय

कालिकोट : विप्लव समूहका कार्यकताले नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै उक्त समुहले गाउँपालिका कार्यालयमा आगजनी गरेका हुन् ।

बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका छन् । नरहरिनाथ गाउँपालिकाको ६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन् ।

विप्लव समूहका कार्यकर्ताहरुले नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताए ।

‘सबै सुतेको बेला आगलागी गरेको र इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरी र स्थानीय आगो नियन्त्रणमा लिएका थिए ।’ उनले भने,‘आगलागीबाट गाउँपालिकाको कार्यालय र कागजातमा क्षति पुगेको छ ।’

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आगलागी गर्नेको खोजी भइरहेको र नरहरिनाथ गाउँपालिकामा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्