Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कप्तान फिन्चको शतकीय पारीले दिलायो अस्ट्रेलियालाई सेमिफाइनलमा प्रवेश

लण्डन :  आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले पराजित गरेको छ । इंग्ल्याण्डलाई पराजित गरेसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेकोे छ ।

मंगलबार राति भएको खेलमा कप्तान एरोन फिन्चको शतकीय पारीले अस्ट्रेलियालाई जित हासिल गर्न मद्दत गरेको हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलियाको ७ खेलबाट १२ अंक पुगेको छ । ८ अंक बनाएको इङ्ल्यान्ड चौथो स्थानमा छ ।

अस्ट्रेलियाद्वारा दिइएको २८६ रनको लक्ष्यमा इंग्ल्याण्डले खराब प्रर्दशन प्रदर्शन गर्यो । इंग्ल्याण्डले ४४.४ ओभरमा सबै विकेट खर्चेर २२१ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले अर्धशतकीय पारी खेले । उनले ८९ रन बनाए । जोनी बेयरस्टले २७, क्रिस वाक्सले २६ र जस बटलरले २५ रन बनाए । अस्ट्रेलियाका जासन बेरेन्ड्रोफले ५ विकेट लिए । मिचेल स्टार्कले ४ विकेट हात पारे । मार्कस स्टोइनिक्सले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८५ रन बनायो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चको शतक र डेभिड वार्नरको अर्धशतक बरदान बन्यो । फिन्चले १ सय रन बनाए । वार्नरले ५३ रन बनाए । स्टेभन स्मिथ र एलेक्स क्यारीले समान ३८, उस्मान ख्वाजाले २३ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । इङ्ल्यान्डका क्रिस वाक्सले २ विकेट लिए । जोफरा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले ११ विकेट झारे ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्