Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिङ्गभेदलाई हराउँदै यी २ अभिनेत्रीले लिए शपथ

नयाँ दिल्ली :  नुसरत जहां र मिमी चक्रवती एक प्रसिद्ध बंगाली अभिनेत्रीहरु हुन् । उनीहरुले हालैमा तृणमूल कांग्रेसका तर्फबाट लोकसभामा बहुमत हासिल गरेकी छिन् ।

अभिनेत्रीबाट सांसद बनेकी नुसरत जहां र मिमी चक्रवर्तीले मंगलबार बांग्ला भाषामा लोकसभा सदस्यताको शपथ लिएका थिए । तृणमूल कांग्रेसका दुई सांसद अहिलेसम्म सदनको कारवाहीमा समावेश भएका थिएनन् ।

नुसरत बंगालको बशीरहाट लोकसभा सिटबाट जितेकी हुन् । जबकी मिमी बंगालको जाधवपुर लोकसभा सिटबाट निर्वा्चित भएकी थिइन् ।

 

यस कार्यक्रममा नवविवाहित नुसरत साडी, हातभरी चुरा र सिउँदोमा सिन्दुरमा सजेर आएकी थिइन् । लिङ्गभेदलाई हराउँदै लोकसभा चुनाव जितेका दुई कलाकार रहेका छन् ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्