Logo
६ बैशाख २०८१, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परीक्षको नतिजा आज प्रकाशन गर्ने तयारीमा

भक्तपुर :  यस वर्षको एसईई परीक्षको नतीजा परीक्षा नियन्त्रण कार्यालयले सकेसम्म आज बुधबार निकाल्ने तयारी गरेको छ । गएको चैत १० गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् ।

कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बतएका छन् । उनले कुनै प्राविधिक त्रुटी नभए बुधबार बेलुकासम्म र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी गराएका छन् ।

परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्