Logo
७ बैशाख २०८१, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चट्याङ लागेर ६ जनाको मृत्यु

दाङ र रुपन्देहीमा आज चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । ती मध्ये ३ जना बालक रहेका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर ३ जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको हो ।

चट्याङ लागेर सोही गाउँका ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार एकै गाउँका यी बालक मौरीघाट माध्यमिक विद्यालय परिसरनजिकै रहेको जामुनको रुखमुनि जामुन खाँदै थिए । बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर ४ जना ढलेका थिए । उनीहरुमध्ये अविनाशको अवस्था मात्रै सामान्य थियो भने अन्य ३ नाा अचेत अवस्थामा थिए ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्