Logo
६ बैशाख २०८१, बिहीबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरपालिकाको बजेट १५ अर्ब ५० करोड, पूर्वाधार सुधार खर्चमा सबैभन्दा बढी

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्व ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ ।

काठमाडौं महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि सो बजेट पेश गरेको हो । बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा सबैभन्दा बढी ५१ दशमलव ७४ प्रतिशत बजेट अर्थात् ७ अरव ४३ करोड ९७ लाख ९२ हजार बजेट विनियोजन गरिएको जानकारी दिए ।

त्यसैगरी पूँजीगत सम्पत्ति खर्चमा १ अर्ब ५५ करोड, तलव, पारिश्रमिक र सुविधा खर्च १ अर्व ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब, ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ । उपप्रमुख खड्गीले प्रस्तुत सो बजेट चालू आर्थिक वर्षको भन्दा १९ प्रतिशतले बढि भएको पनि जानकारी दिए ।

बजेटमा जनताको जीवनस्तर, अम्दानी र रोजगारमा बढावा दिने कुरालाई उच्च प्राथमिकता दिइएको छ । उपमेयर खड्गीले गरिवी निवारणमा प्रत्यक्ष योगदान दिने विषयलाई पनि बजेटमा जोड दिइएको स्पष्ट पारे

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्