Logo
६ चैत्र २०८०, मंगलबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा पुन: नापी हुने

काठमाडौं : दोलखाका भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ ।

द्वन्द्वको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुन: नापी गरिने आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उक्त नगरपालिकाले सो जानकारी दिएको हो ।

‘विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो । २०र२० वर्ष पछि पुनः नापी गर्ने सरकारको नियम भए पनि हालसम्म नापी हुन नसकेकामा नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा हामी खुशी व्यक्त गर्दछौँ ।’ नागरिक अगुवा चिरञ्जीवी मास्केले भने

नगरभित्रको सार्वजनिक र खुला क्षेत्र संरक्षण गर्न पनि नक्सा अद्यावधिक गर्नुपरेको बताउँदै नगरप्रमुख भरत केसीले भने, ‘नागरिकले आफ्नो सम्पत्ति सहजरुपमा रक्षा गर्न सकून् भन्ने उद्देश्यले नै यो योजना ल्याइएको हो ।’

सदरमुकाम चरिकोट र आसपासमा रहेका जग्गा खरीद बिक्री गर्दा धेरै समस्या भएको गुनासो आएकाले सोहीअनुसार नगरपालिकाले नागरिकको समस्या समाधान गर्न यो योजना अघि बढाएको उनले जानकारी दिए ।

लालपुर्जा र नक्सामा भएको जग्गाको क्षेत्रफल फिल्डमा नहुने समस्याबाट आजित नगरवासीका लागि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने भीमेश्वर नपा-३ का प्रकाश बस्नेतको भनाइ थियो ।

छरछिमेकमा जग्गाको विषयलाई लिएर हुने झगडा पुनः नापी पछि समाधान हुने उनले बताए ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्