Logo
६ चैत्र २०८०, मंगलबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा काङ्ग्रेसका १ सय ३५ कार्यकर्ताले गरे पार्टी परित्याग

चितवन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका १ सय ३५ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै मुलुक समृद्धिका लागि सबै युवाहरु नेकपामा गोलबद्ध हुन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस चितवनमा आवद्ध तरुण दलका १ सय ३५ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सबै युवाहरु नेकपामा गोलबद्ध भएमात्रै सोचेको समृद्धि प्राप्त हुने बताएका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको समृद्धिका लागि नेकपा नेतृत्वको विकल्प नभएको बताए । अध्यक्ष प्रचण्डले युवालाई देश जिम्मा लगाएर आफूहरु जाने बताए । प्रचण्डले पार्टी प्रवेश गरेकालाई टीका र खादा लगाएर स्वागत गरे ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्