Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहले बजेट ल्याउँदा समाजवाद उन्मुख बजेट ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा : प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहरूले बजेट ल्याउँदा समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका छन् ।

हेटौंडा उपमहानगरापलिकाको पाँचौ नगर सभामा बजेट वक्तव्य पछि मन्तव्य राख्दै मुख्यमन्त्री पौडेलले संविधानमै समाजवाद उन्मुख भएकोले स्थानीय तहरूले बजेट ल्याउँदा समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका हुन् ।

स्थानीय तहरुमा निर्वा्चित जनप्रतिनिधले चुनावको बेला जनतालाई देखाएको घोषण पत्रअनुसार नीति कार्यक्रम बजेट ल्याउनुपर्ने समेत बताएका छन् । विकास गर्नको लागि घोषणा पत्रमा उल्लेख गरेको आश्वासन पूरा गर्नु पर्ने उनले तर्क गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले स्थानीय सरकारहरुले प्रदेश सरकारले बजेट खर्च गर्न नसकिरहेको भनाईमा टिप्पणी गर्दै परिस्थती अनुसार प्रदेश सरकारले उत्कृष्ट काम गरेको बताए ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्