Logo
८ बैशाख २०८१, शनिबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

काठमाडौं : एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताउँदै यसै साताको १४ गतेभित्र निकाल्ने तयारी तीब्र गतिमा भैरहेको बताए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्