Logo
१२ बैशाख २०८१, बुधबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याययिक समितिबाट न्याय न पाएको भन्दै गढी गाउँ पालिका घेराउ

सुनसरी/सुनसरीको गढी गाउँपालिकामा एक महिलाले न्याय न पाएको भन्दै आफ्न्त र स्थानियवासीहरुले गढी गाउँ पालिका घेराउ गरेका छन ।
गढी गाउँपालिकाको न्यायिक समितिबाट बारम्वार ५ पटक सम्म छलफल गर्न भन्दै बोलाइ न्याय न पाएपछि उनिहरुले गढी गाउँ पालिका परिसर घेराउ गर्दै दुहबी–इनरुवा सडक खण्ड १ घण्टाको लागि ठप्प पारेका
थिए ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १० बदगम्माकी २२ वर्षिय सिन्की यादवकी श्रीमान गढी गाउँपालिका ६ का बिरेन्द्र खड्का यादवले बिहे भएको अढाइ वर्षदेखिनै बिभिन्न घरेलु हिंसा दिएको भन्दै ३ महिना अगाडी गढी गाउँ पालिकाको न्याय पालिकामा उजुरी गरेकी थिइन । उजुरी दिएको महिनौ सम्म न्याय समितिबाट न्याय न पाएको भन्दै आफन्त तथा स्थानियवासीहरुसँगै गएर न्यायकोलागि प्रर्दशन गर्नु परेको सिन्की यादवले बताइन । अढाइ वर्ष अगाडी १० लाख र एक तोला सुन दाइजो लिएर बिहे गरेको यादवले बिहे गरेको १ महिना न बित्दै घरेलु हिंसा गर्न सुरु गरेको सिन्की यादवले जनाइन ।

बचौलिया हरुसँग मिलेर गढी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायतहरुले ९ लाख लिएर छोडपत्र गर्न दबाब दिएको पिडित महिला र स्थानीय हरुले दाबी गरेका छन । यस बिषयमा गढी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद यादवसँग बुझ्न खोज्दा फोन उठाएनन । गढी गाउँपालिकाकी उपाध्यक्ष तथा न्याकिय समितिका संयोजक समेत रहेकी राजकुमारी चौधरीसँग सो बिषयमा बुझ्न खोज्दा कुरा गर्न मानिनन ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्