Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिमा आउने तयारीमा एन्जेलिना जोली

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले राजनीतिमा आउने संकेत दिएकी छिन् । हालै भएको कलाकार निर्देशकबीच एक साक्षात्कार कार्यक्रममा आफू राजनीतिमा आउन सक्ने दाबी गरेकी हुन् । केही समययता उनी राजनीतिमा आउने हल्ला चलेको भएपनि उक्त कार्यक्रममार्फत उनले त्यस खबको पुष्टि गरेकी छिन् ।

एक पत्रकारले सोधेको प्रश्न दिँदै जोलीले भनेकी छिन्, ‘साँच्चै भन्ने हो भने २० वर्ष पहिले मलाई कसैले यही सोधेको भए शायद म हाँस्दी हुँ, मैले सधै भनेँ, म त्यहीँ जानेछु, जहाँ मेरो आवश्यकता छ ।’

४३ वर्षीय जोलीले राजनीतिमा संलग्न हुनेनहुनेबारे अझै ढृद नहुन सकेपनि पक्कै पनि आफूमा राजनीति गर्ने खूबी अवश्य पनि रहेको बताएकी छिन् । आफूमा राजनीतिज्ञमा हुनुपर्ने प्रतिभा भएको हुनसक्ने बताएकी छिन् । उनले भनिन् ‘म जुनसुकै चुनौतीका लागि पनि तयार छु ।’

जोलीको वैवाहिक जीवन खासै सफलरहन सकेन । उनले आफ्नो जीवनकालमा ३ बिहे गरिन् तर ती कुनै पनि सफल हुन सकेन । उनी पछिल्लो समय हलिउड अभिनेता ब्राड पिटसँग सम्बन्धमा थिइन् । पछि उनले ब्राडसँग पनि पारपाचुके गरेकी थिइन् ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्