Logo
८ बैशाख २०८१, शनिबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानीराखौँ : मंगलबारका दिन गर्न नहुने यी ५ कार्यहरु

वैदिक ज्योतिशास्त्रमा ग्रहको आधारमा बार र तिथि विभाजित गरिएको हुन्छ । सोहीअनुसार सोमबार, बुधबार र शुक्रबारलाई सोम्यबारको श्रेणीमा, आइतबार र बिहीबार कडाबारको श्रेणीमा भने मंगलबार र शनिबार क्रुर अर्थात पापीबारको श्रेणीमा पर्ने गर्छन् ।

मंगलबारलाई अत्याधिक क्रुरबार मानिएको हुनाले शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रहमध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम नगर्न भनिएको हो । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् ।

हेरौँ मंगलबार गर्न नहुने कामहरु के हुन् त :

१.  मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२.  मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३.  मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
४. मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५.  मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्