Logo
७ बैशाख २०८१, शुक्रबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानीराखौँ : कुन सपनाले दर्साउँछ कस्तो संकेत?

प्राय: सबै मानिसले सपना देख्ने गर्छन् । बच्चादेखि वृद्धसम्म सबैले देखेकै हुन्छ । सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । कतिपय सपनले भविष्यका बारेमा संकेत गर्छन् । देखिएको सपना कतिपय शुभ तथा अशुभ पनि हुने गर्छन् । स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुन्छन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित ।

कस्तो सपना देख्दा के हुन्छ ?
दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम बिगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् । स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिएको सपनाको फल १ वर्ष्भित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ ।

शास्त्रका अनुसार खराब सपना देख्नेबित्तिकै बिहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । त्यतिमात्र हैन बिहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ ।

अब हुर्नुहोस् २० सपनाका २० थरी फल के देख्दा कस्तो फल :

१.  नदी : सौभाग्य वृद्धि

२. रक्सि : धार्मिक कार्य हुने
३. नाचगान : अशुभ समाचार प्राप्ति
४. गाइ देख्दा :  भौतिक सुख हुने
४. टोपी देख्दा :  मान सम्मान वृद्धि
५. पुजा गरेको देखेमा :  योजना सफल
६. विहीनीलाई देख्नु :  परिवारमा प्रेम
७. भाइलाई देख्नु :  नयाँ साथी बन्छन्
८. मागेको देख्नु :  धन हानी
९. मह देख्नु :  जीवन सहज बन्छ
१०. पैसा देखियो भने :  धन लाभ
११. आफ्नै मृत्यु देख्नु :  खराव रोगबाट मुक्ति
१२. रुद्राक्ष देखियो भने :  शुभ समाचार मिल्छ
१३. पति वा पत्नि देख्दा : दाम्पत्य प्रेम बढ्छ
१.४ स्वस्तिक चिन्ह : धन लाभ हुन्छ
१५. हथकडी देख्नु : भविष्यमा संकट
१६. परेवा देखियो भने :  रोगबाट मुक्ति
१७. सर्फ देख्नु :  ब्यापारमा घाटा
१८. काग देख्नु :  खराव सूचना
१९. माउसुली देखियो भने : घरमा चोरी
२०. खाना देखियो भने : धन हानी हुन्छ

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्