Logo
१३ बैशाख २०८१, बिहीबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चेश्वरमा एकिकृत प्रजनन् स्वास्थ्य सिविर

बैतडी : बैतडीको तल्लो स्वराड पञ्चेश्वर गाउपालिका वडा नं: ३ कुलाउमा बिशेसज्ञ डाक्टर सहितको एकिकृत प्रजनन् स्वास्थ्य सिविर संचालन भएको छ ।

स्वास्थ्य कार्यालय बैतडीले संचालन गरेको एकिकृत प्रजनन् स्वास्थ्य सिविरमा बिशेशज्ञ टाक्टरबाट गर्भधती महिलाको अल्ट्रासाउण्ड, पाठेघरको मुखको क्यांसरको जांच, पाठेघर खसेका महिलाको निदान र उपचार, भैरहेएको छ भने सिविरमा प्रयोगशाला सेवा, निशुल्क औषधी र बहिरङ्ग सेवा समेत दिइएको हाे।

हिजो आइतवार शिवनाथ गाउपालिकाको सर्मालीमा चलेको सिविरमा जम्मा दुइ सय ५४ जनाले सेवा लिएका सेवा लिएका छन । जसमध्ये १० जना महिलाको पाठेघरको मुखको क्यासंरको जाँच गरिएको छ भने ९ जना महिलाको आङ खसेका महिलाको उपचार ९रिङ राख्ने काम ० गरिएको छ त्यस्तै ९६ जना गर्भवती महिलाले अल्ट्रासाण्ड लिएका सेवा पाएका थिए ।

जिल्लाकै अति दुर्गम यस क्षेत्रका स्थानियले उपचार पाउन कि त सिविर नै पर्खिनु पर्छ कि त पारि भारत गएर उपचार गर्नुपर्छ । नजिक कुनै अस्पताल नहुनाले समूस्या हुदै भएको हो । गाउमै बिशेसज्ञ डाक्टर सहितको सेवा पाएपछी थहाका स्थानिय हर्षित भएका छन ।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्