Logo
११ बैशाख २०८१, मंगलबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ५ योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त

बुटवल : प्रदेश नम्बर ५ योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिए ।

यसअघिका उपाध्यक्ष डा. क्षेष्ठले राजीनामा दिएर राष्ट्र बैकको जागीरमा फर्किएका हुन् । बुटवल निवासी गौतम अर्थशास्थको बिज्ञको रुपमा परिचत रहेका छन् ।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्