Logo
१३ बैशाख २०८१, बिहीबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवनमा सफलता हात पार्न याद राख्नुहोस् यी ७ सूत्र

हरेक मानिसले आफ्नो जीवनमा सफलता हासिल गर्न चाहन्छन् र त्यसका लागि कडा मिहिनेत गरिरहेका पनि हुन्छन् । तर रातदिन मिहिनेत गर्दागर्दै पनि सोचेको र खोजेकोजस्तो पूरा हुन सक्दैन ।

तसर्थ यस्तो अवस्थामा केही सूत्रले हामीलाई जीवनमा सोचेको सफलता हासिल गर्न सक्छौँ । ती सफलताका सूत्रहरु यसप्रकार छन् :

१. वर्तमानमा जिउनुहोस्  : 

अगाडि बढ्नु छ भने आफुलाई र अरूलाई हिजोको दृष्टिले होइन । आजको दृष्टिले हेर्नुे गर्नुहोस् । हिजोको भाषा होइन, आजको भाषा बोल्नुहोस् । हिजोमै रोकिने होइन आजमा प्रवेश गर्नुहोस् । आज अर्थात वर्तमानमा हिँड्नुहोस् तर हिजो र भोलिलाई पनि नबिर्सनुहोस् । हिजोको सम्झना र भोलिको कल्पनाबाट ऊर्जा लिएर आजलाई गति दिनुहोस् ।

२. सिक्न सधैँ तत्पर रहनुहोस् : 

सिकेर सकिँदैन कहिल्यै । सर्वज्ञ र सर्वेसर्वा कोही हुँदैन । सफलतामा पुग्न अठोट र प्रयास चाहिन्छ । सफलतापछि पनि अर्को सफलता आउँछ । अगाडि बढ्ने कुरा कहिल्यै रोकिँदैन । सिक्नबाट कहिल्यै पछि नपर्नुहोस् ।

३. आफ्नो पाइला कहिल्यै नरोक्नुहोस् : 

पाइला राख्नलाई धर्ती छ, सोच्नको लागि आकाश छ, चढ्नको लागि शिखर छ । जिउनको लागि जीवन छ । उठ्नुहोस्, हिँड्नुहोस्, हेरेर हिँड्नुहोस्, दृढतापूर्वक हिँड्नुहोस् । शिखर जति टाढा भए पनि हिँड्दै गरे मात्र नजिक पुगिन्छ । र पुग्नलाई आनन्दपूर्वक हिँड्नु पर्छ ।

४. धैर्य रहनुहोस् :

तपाईंमा कर्मठ र धैर्य होस्, उत्साह अदम्य होस् । शक्ति साधन परिचालनको कला होस् । यसले पनि सफलता सहज बन्नेछ ।

५. बोलेको वचन नतोड्नुहोस् :

आत्मबल निर्माण गर्न र अगाडि बढ्न गाह्रो हुनेछैन । आफूले आफैलाई दिएको वचन नतोड्नुहोस् । आफ्नो वचनले आफ्नै निर्णयलाई पूरा गरे पुग्ने छ ।

६. समयलाई व्यर्थ नफाल्नुहोस् : 

काम सफल-असफल जे होस्, ठीक हो भने गर्नुपर्छ । यसले जीवनलाई रस दिन्छ । अर्थ दिन्छ । सोचेका सबै काम भ्याउन कठिन हुन्छ भन्ने तपाईंलाई थाहा छ । तर सोच्नुहोस्, प्रयास छाडेको छैन र कोशिस गर्दै गर्दा प्रेरणा पनि बढ्दै जानेछ । यस्तै समयलाई व्यर्थै नफाल्नुहोस् । यसलाई रित्तै जानदिनु हुँदैन । जीवन निरस बन्नु हुँदैन ।

७. संकल्प गर्नुहोस् : 

तपाईंको सोच प्रस्ट हुनुपर्छ । संभावना देख्ने दूर दृष्टि हुनुपर्छ । साकार पार्ने संकल्प गर्नुहोस् । आफु हिँड्ने बाटोको सही पहिचान गर्नुहोस् । तपाईंको हिँडाई नियमित होस् । यसले सफलता सहज बन्ने छ र शुलभ हुनेछ ।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्