Logo
१५ चैत्र २०८०, बिहीबार
(June 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असल पार्टनर चाहने पुरुषले महिलालाई सोध्न नहुने यी ६ प्रश्न

पुरुष र महिला एक सिक्काका दुई पाटा हुन् । यिनीहरुको सम्बन्ध खटपटले भरिएको मानिए पनि एकआपसको समझ्दारीले रोचक र सुमधुर बनेको हुन्छ । तर त्यही समझ्दारी निमाएण गर्न नसक्दा सम्बन्ध बिग्रिन जान्छ ।

त्यसैले सदियौँदेखि यो विषय बहस र विवादको केन्द्रमा हुने गर्छ । तर यसो भन्दैमा महिला र पुरुष एकअर्कालाई सधैँ अलग राख्न पनि सक्दैनन् ।

एकअर्कालाई बुझ्न नसक्दा गुनासोका पोको ठूलै हुने गरे पनि केही विषयमा ध्यान दिने हो भने सम्बन्ध प्रगाढ पनि हुन सक्छ । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । महिलालाई सोध्नै नहुने प्रश्न के-के हुन् त ?

१. के म तिमीलाई चुम्बन गर्न सक्छु ?

कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु ? भनेर नसोध्नु होला । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरुलाई बच्चा जस्तो लाग्छ ।

२. धन सम्पतिको धाक :

महिलाले सम्पतिको धाक लगाउने र कुरा गर्दैगर्दा कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुति र आत्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ ? मेरो बाइक देख्या छ ? भनेर कहिल्यै पनि नसोध्नुस् ।

३. के गर्ने कसो गर्ने :

कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं, त्यो गरौं भनेको महिलालाई मन पर्छ ।

४. केटा साथीको बारेमा :

कुनै पनि स्त्रीलाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नकारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्रीलाई इश्र्या वा शंका गरेको अनुभव हुन्छ । र जुन सम्बन्धका लागि घातक पनि हुन्छ ।

५. कारण र स्पष्टिकरण :

यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् । किन जवाफ नदिएको ? केहो भन्नेजस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाईं उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

६. यौन पार्टनर :

कुनै पनि स्त्रीलाई कति जना पुरुषसँग यौन सम्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।

प्रकाशित मिति: Jun 23, 2019

प्रतिक्रिया दिनुहोस्