Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इथियोपियाका आर्मी प्रमुखको गोली हानी हत्या

प्रधानमन्त्री अबी अहमद

इथियोपियामा केही वर्षयता जातीय हिंसा भड्किएको छ । सो घटना रोक्ने प्रयासमा रहेका सेनाका प्रमुखलाई गोली हानी हत्या गरिएको छ । आर्मी प्रमुख जनरल सिएर मिकोनेनमाथि राजधानी एडिस अबाबामा गोली प्रहार भएको हो ।

इथियोपियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशको उत्तरी अमराह क्षेत्रमा सेनाले गरेको कू रोक्ने प्रयासको क्रममा आर्मी प्रमुखमाथि गोली प्रहार गर्नु परेको प्रधानमन्त्री अबी अहमदले बताएका छन् ।

यसअघि शनिबार अमराहका गभर्नर अम्बाक्युव मेकोनेन र उनका सल्लाहकारको हत्या भएको थियो। कू को प्रयासमा रहेकाहरुले उनीहरुको हत्या गरेका हुन् ।

प्रकाशित मिति: Jun 23, 2019

प्रतिक्रिया दिनुहोस्