Logo
४ बैशाख २०८१, मंगलबार
(June 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा लैगिंक हिंसाको स्थिति भयावह

सुनसरी : १ नम्वर प्रदेशको सुनसरी जिल्लामा लैगिंक हिंसाको भयावह स्थिति देखिएको छ । सुनसरी जिल्ला महिला हिसा, लैगिंक हिसाँ, बाल हिसा र दुव्यवहार , महिलालाई खानलाउन नदिएर घर निकाला, गालीवेईजती सहित मानव बेचविखन र ओसारपोरका लागि जोखिमको रुपमा चिनिन्छ । यस आर्थिक वर्ष मात्रै महिलाहरु घरेलु हिसाँ र अन्याय सहन नसकेर ६५७ जनाले सम्बन्ध विच्छेद गर्न बाध्य भएका छन् ।

यही अवधिमा ७० जना महिला तथा बालबालिकाहरु हराएको प्रहरीमा उजुरी परेको तथ्याक रहेको छ । बलात्कारका घटना ७८ वडा भएका छन् । घरेलु सिहाँ भएको भनी अस्पतालमा उपचार गराएका १४५ जना रहेका छन् ।

यस जिल्लामा २ उपमहानगरपालिका र ४ नगरपालिका तथा ६ गाउँपालिकाहरु रहेका छन् । जसमा भारतको सीमासंग जोडिएका गाउँपालिकाहरुमा वर्जु, देवानगञ्ज, हरिनगर , भोक्राहा नरसिंह र कोशी अर्थात साविकको (अमडुवा, साहेवगंज, कप्तानगञ्ज, देवानगञ्ज, घुस्की , बसन्तपुर नरसिंह, लौकही, पश्चिम कुशाहा, श्रीपुरजव्दी र हरीपुर गाविस) रहेका छन् । यस जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार ७ लाख ६३ हजार ४८७ रहेका छन् ।

सुनसरीको इनरुवामा शनिवार ओरेक नेपालको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सुनसरीका पत्रकारहरुलाइ लैगिंक हिंसा बिरुद्ध अभिमुखिकरण कार्यक्रममा संचारकर्मी जयकृष्ण यादवले प्रस्तुती गरेको कार्यक्रमलाइ ओरेक नेपालकी बिमला घिमिरेले सहजीकरण गरेकी थिइन ।

प्रकाशित मिति: Jun 22, 2019

प्रतिक्रिया दिनुहोस्