Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्छ’ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् ।
। अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए । “योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो ” प्रधानमन्त्री ओलीले भने “मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो । “हामीले ५र६ हजार बर्ष पहिलेका मूर्तीहरु हेर्यौँ भने पनि योगका विभिन्न आशनमा देखिन्छन् ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरे । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि परेका हौं तर अब त्यो अवस्था रहदैन ” प्रधानमन्त्री ओलीेले भने ।

प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए । ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताए ।

तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्