Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोबाइल र कम्प्युटरमा काम गर्ने व्यक्तिमा ‘भिजन सिन्ड्रोम’ को समस्या

काठमाडौं : वर्तमान समयमा कुन ठाउँ नहोला जहाँ बच्चाबच्चीको हातमा मोबाइल नभएकोस । आजकालका बच्चाहरु हातमा मोबाइल नभई खाना खानसमेत रुचाउँदैनन् । त्यसैगरी पछिल्लो समय मानिसहरु लामो समयसम्म कम्प्युटर र मोबाइलमा काम गर्ने गर्दा कम्प्युटर या मोबाइल नियमित प्रयोग गर्नेहरुको आँखामा असर गरिरहेको पाइएको छ ।

लामो समयसमम रेस्ट नलिई मोबाइल वा कम्प्युटरमा काम गर्दा आँखामा समस्या आउने आँखा रोग विशेषज्ञहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालको आँखा विभागका आँखा रोग विशेषज्ञ डा. सजिव भट्टराइका अनुसार लामो समयसम्म मोबाइल र कम्प्युटरमा बस्ने मानिसमा ‘भिजन सिन्ड्रोम’ को समस्या देखिने गरेको बताए ।

“पछिल्लो समय आँखाको समस्या लिएर उपचार गर्न आउनेमा १ हजारजना बिरामीमध्ये २० प्रतिशतमा ‘भिजन सिन्ड्रोम’ को समस्या देखिने गरेको पाइएको छ,” उनले भने, “यो सिन्ड्रोम भएमा टाउको दुख्ने, आँखाबाहिर निस्कन खोजेजस्तो हुने, एउटै वस्तु दुइटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुख्खा हुने, आँखा चिम्म गरेर बसौंजस्तो हुनेलगायत लक्षणहरु देखिन्छन् ।” ‘भिजन सिन्ड्रोम’का कुनै पनि लक्षणहरु समयमा व्यवस्थापन गर्न नसकेमा लामो समय सताउने डा. भट्टराई बताउँछन् ।

हामीले ६० मिनेट निरन्तर कम्प्युटरमा काम गरेपछि ६० सेकेन्ड आराम गनुपर्छ भने ६० मिटर टाढा बस्नुपर्छ । यदि दुई घण्टा निरन्तर काम गरेको अवस्थामा आँखालाई ५-७ मिनेट आराम गरी ३० मिटर टाढा बस्नुपर्ने डा. भट्टराईको भनाई छ ।
त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका डा. रोहित सैंजु भन्छन् ” दैनिक ६ देखि ८ घण्टाभन्दा बढी समय कम्प्युटर या मोबाइलमा काम गर्ने मानिसमा यो समस्या आउँछ” ।

नजिकको वस्तु हेर्दा हाम्रो १२ वटा मांसपेशीले काम गर्छ । यी मांसपेशीको सहयोगले आँखाले तलमाथि, दायाँ, बायाँ हेर्ने काम गर्छ । यो प्रक्रियालाई ‘स्ट्रेरोप्सिस’ भनिन्छ । नजिकको चिज हेर्ने बेलामा यसले आँखालाई नजिक ल्याउँछ । लामो समयसम्म काम गर्दा ती मांसपेशीमा ‘भिजन सिन्ड्रोम’को समस्या देखिने आँखाका रोग विशेषज्ञहरुले बताउँछन् ।

‘भिजन सिन्ड्रोम’ को समस्यालाई व्यवस्थापन गर्न नसकेमा व्यक्तिमा अनावश्यक दिक्क लाग्ने र तनाव भइरहने, काम गर्न अप्ठ्यारो हुनेलगायतका विभिन्न समस्यासमेत देखिने गरेको छ । केही आँखाको मांसपेशीको कसरत र चिकित्सकको सुझावमा चस्माको प्रयोग पनि गर्नुपर्ने समेत हुने डा. सैंजुको भनाइ छ ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्