Logo
७ बैशाख २०८१, शुक्रबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपडा पसलमा आगलागी हुँदा ५ करोडबराबरको क्षति

सांकेतिक तस्बिर

दमकको एक थोक कपडा पसलमा गए राति आगलागी भएको छ । उक्त आगलागीमा करीब ५ करोड मूल्य बराबरको क्षति भएको बताइएको छ ।

दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा गए राति १२ बजेतिर अचानक आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । पसलमा विद्युत् चुहिएर आगो लागेको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।

आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्