Logo
७ बैशाख २०८१, शुक्रबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भौतिक संरचनामाथि क्षति व्यहोरेको सिरियालाई चीनको ‘बस’ उपहार

दमास्कस :  द्वन्दपीडित मुलुकका रुपमा चिनिएको सीरियाको सार्वजनिक यातायात सुधारका लागि चीनले १०० बस उपहारस्वरुप प्रदान गरेको छ । बिहीबार सिरियास्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी सिरियाली सहरी क्षेत्रको यातायात समस्यालाई सुधार गर्नका बस उपहार दिएको जानकारी गराइएको हो ।

चीनले आफ्नो सहयोगले सिरियाको यातायातलाई व्यवस्थित गर्ने विश्वास लिएको छ । ८ वर्ष लामो युद्धबाट देशका धेरै भौतिक संरचनामाथि क्षति व्यहोरेको सिरियामा उक्त बसको साँचो एक भव्य कार्यक्रमबीच राजदूतावास परिसरमा सम्पन्न कार्यक्रममा चीनले सिरियाली स्थानीय प्रशासन तथा वातावरण मन्त्री हुसेन माखलोफलाई हस्तान्तरण गरेका छन् ।

चीन सरकारलाई धन्यवाद दिँदै माखलोफले भने , “चीनले सार्वजनिक यातायात सुधारका लागि दिएको मूल्यवान उपहारलाई सही प्रयोग गर्दै शहरी यातायातमा देखिँदै आएका समस्यालाई व्यवस्थित गर्न दमास्कसको पहल रहने र आगामी दिनमा चीनले सिरियाको पुनः निर्माणका लागि थप सहयोग हुनेछ ।”

सिरियामा भएको गृह युद्धसँगै विदेशी हस्तक्षेपहरूका कारण झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएको छ भने करिब ३ लाख ५० हजार सिरियालीको ज्यान गएको छ । युद्धका कारण मुलुकका अधिकांश संरचनाहरू ध्वस्त भएका छन् ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्