Logo
११ बैशाख २०८१, मंगलबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपालमा पनि बढ्यो सुनको भाउ

काठमाडौं :  नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ दिनका दिन बढ्दै गइरहेको जनाएको छ । हिजो बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार बढेर ६५ भएको जनाइएको छ ।

त्यस्तै तेजाबी सुन को मूल्य पनि ६३ हजारदेखि बढेर ६४ हजार ७ सयमा पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा परेको हो ।

हिजो ६४ हजारमा कारोबार भएको छापावाल सुन १ हजार बढेर ६५ हजार निर्धारण भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यो हाल सम्मै उच्च मूल्य हो । चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको महासंघको भनाइ छ ।

यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । अहिले भने रेकर्ड नै भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्