Logo
८ बैशाख २०८१, शनिबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा चल्यो विवाद, आफ्नो निर्णयबाट पछि हटे ट्रम्प

वासिङटन : इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ ।

इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिएका थिए ।

इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा राष्ट्रपतिका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी तथा नेताहरुबीच व्यापक छलफल र विवाद भएको थियो । बिहीबार राती ७ बजेसम्म सैन्य र कुटनीतिक अधिकारीहरु इरानमाथि हमला हुने अनुमान गरिरहेका थिए ।

छलफलमा संलग्न अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पले शुरुमा राडार र मिसाइल ब्याट्रीजस्ता इरानका केही सिमित लक्ष्यहरुहरुमा सैन्य कारवाही गर्ने अनुमति दिएका थिए ।

अपरेशन शुरु पनि भएर शुरुवाती चरणमा रहेको बेला ट्रम्प आफ्नो निर्णयबाट ‘ब्याक’ भएको एक शीर्ष अधिकारीले बताएका छन् । ‘विमानहरु आकाशमा थिए, जहाजहरु पोजिसनमा थिए ।

साइल भने फायर भैसकेको थिएन, त्यतिबेला नै यसलाई रोक्न आदेश आयो,’ ती अधिकारीले भने । ट्रम्पको आकस्मिक निर्णयले मध्यपूर्वमा उनको तेस्रो सैन्य कारवाहीमा पूर्ण्विराम लागेको छ । यसअघि उनले सन् २०१७ र २०१८ मा सिरियामा कारवाही गरेका थिए ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्