Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेभिड वार्नरको शतकमा अष्ट्रेलियाको फराकिलो जित

ल्ण्डन :  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा हिजो भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ । अष्ट्रेलियाको जीतमा डेभिड वार्नरको शतकीय पारीले ठूलो भूमिका खेलेको छ । यस जीतपश्चात् अष्ट्रेलिया शीर्ष स्थानमा पुगेको छ ।

अष्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पन्छ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । बंगलादेशका लागि मुश्फिकर रहिमले शतकीय पारी खेले । ९७ बल खेलेका उलने ९ चौका र १ छक्काको सहयोगमा नटआउट रहँदै १०२ रन बनाए । उत्कृष्ट रन बनाए पनि उनले उनले टिमलाई हारबाट बचाउन सकेनन् ।

त्यस्तै तामिम इकबाल र महमदुल्लाहले अर्धशतकीय पारी खेले । ५० बल खेलेका महमदुल्लाहले ५ चौका र ३ छक्काको सहयोगमा ६९ रन बनाए । ७४ बल खेलेका इकबालले ६ चौकाको सहयोगमा ६२ रन बनाए ।

बंगलादेशका लागि साकिब अल हसनले ४१ रन जोड्दा लिटन दासले २० रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका लागि नेथन कुल्टर नाइल, मिचल स्टाक र मार्कस स्टोइनिसले समान २ २ विकेट लिए ।

त्यस्तै एडम जाम्पाले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३८१ रन पूरा गर्यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेलेका थिए । १४७ बल खेलेका उनले १४ चौका र ५ छक्काको सहयोगमा १६६ रन पूरा गरेका थिए ।

त्यस्तै उश्मान ख्वाजा र कप्तान एरोन फिंचले अर्धशतकीय पारी खेले । ७२ बल खेलेका ख्वाजाले १० चौकाको सहयोगमा ८९ रन बनाए । ५१ बल खेलेका एरोनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले ३२ रनको योगदान गरे । बलिङतर्फ बंगलादेशका लागि सौम्य सरकारले ३ विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्