Logo
१३ बैशाख २०८१, बिहीबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : जनता आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि सुरु भयाे घर निर्माण कार्य

जनकपुर : प्रदेश २ सरकारले जनता आवास कार्यक्रम’ अन्तर्गत जनकपुरधाममा मुसहर परिवारका लागि घर निर्माणका लागि काम थालेको छ ।

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ८० घर परिवारका लागि २ कोठे भवन निर्माणका लागि आज शिलान्यास गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित बसहियामा मुसहर, हलखोर, डोम लगायत अति विपन्न समुदायको स्थायी बसोबासका लागि सो अभियान सुरु भएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री सोनलले प्रदेश नम्बर २ मा मुसहर, डोम, मेस्तर जाती र समुदायका लागि विशेष योजना ल्याएर घर निर्माण गर्न लागेको बताए ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्