Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनौतीलाई पार गर्दै शाहिदको ‘कबिर सिँह’ भोलि रिलिज हुँदै

मुम्बई :  बलिउडमा ’चकलेटी ब्वाई’ भनेर चिनिने शाहिद कपुरको ’कबिर सिंह’ फिल्म भोलि रिलिज हुँदैछ । शाहिदले फिल्ममा कबिर सिंहको भूमिका आजसम्मकै चुनौतीपूर्ण भएको बताएका छन् ।

कबिर सिंह’ सन् २०१७ को तेलेगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो । फिल्मलाई सन्दिप रेड्डीले निर्देशन गरेका छन् । ’कबिर सिंह’को अभिनयको लागि उनले १४ किलो बजन घटाएका छन् ।

उनी भन्छन् मलाइ आकर्षक शरीरको आवश्यक छैन किनकि भर्खर कलेज जान लागेको युुवकको शारीरिक बनाबट त्यस्तो हुँदैन। फिल्ममा उनी मेडिकल स्टुडेन्टको रुपमा देखिएका छन् ।

उड्ता पन्जाबमा र कबिर सिंहमा तुलना गर्दा कबिर सिंहको रोल गाह्रो भएको कुरामा उनी जोड दिन्छन् । “उड्ता पन्जाबमा म एक्लै थिएँ, ममा कुनै उत्तरदायित्व थिएन । अहिले म दुई बच्चाको बुबा भएको छु, घरमा आएर मैले आफ्नो परिवारको जिम्मेवार उठाउनुपर्छ ”, उनी भन्छन् “टोमी एक्लै थियो उ एक्लै बर्बराउँथ्यो उ आफ्नो मात्र सोच्थ्यो तर कबिर सिंह भने कसैलाई धेरै माया गर्छ , जड्याहा बन्छ र आफूलाई विध्वंसतिर लैजान्छ । टोमीको भन्दा गहिरो संवेगसँग जुध्नु निकै मुस्किल भयो ।”

एउटै फिल्ममा उनी ३वटा अवतारमा देखिएका छन् । अर्जिनल फिल्म अर्जुन रेड्डीको निर्देशकले नै कबिर सिंहको निर्देशन गरेकाहुनो पनि उनलाई गाह्रो भएको हो । कबिर सिंह फिल्म २१ जुनमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्