Logo
१३ बैशाख २०८१, बिहीबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोटेश्वरमा एक युवकमाथि चक्कु प्रहार

काठमाडौं : राजधानीको कोटेश्वरमा एक युवकमाथि चक्कु प्रहार भएको छ ।

महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

घिसिङलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुवै पाकेटमार हुन् ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्