Logo
६ बैशाख २०८१, बिहीबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्धको मूर्तीमा बसेपछि ताहिरा भइन् ट्रोलको शिकार, मागिन् सबैसँग माफी

आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले हालै एउटा फोटो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् । जुन फोटोबाट उनी नराम्ररी ट्रोल भइन् ।

उक्त फोटोमा उनी भगवान बुद्धको प्रतिमामा बसेको देखिएकी थिइन् जसका कारण उनले सबैसँग माफी माग्नुपर्यो । अन्तत उनले त्यस तस्बिर आफ्नो पेजबाट हटाएकी छिन् । । यतिमात्र होइन, उनले सोसल मिडियामा मानिसहरुसँग माफी पनि मागेकी छिन् ।

ताहिराले लेखिन्, ‘मलाई खेद छ’

ताहिराले फोटो डिलिट गरेपछि लेखिन्, ‘म कसैको पनि दुःख पीडाको कारण बन्न चाहन्नँ । अन्जानमा केही मानिसहरुको भावनालाई ठेस् पुर्याएकोमा मलाई खेद छ । सबैका लागि प्रेम र शान्तिको कामना ।’

ताहिराको फोटोमा आए यस्ता कमेन्ट

जब ताहिराले बुद्धको काखमा बसेको फोटो सेयर गरिन् तब सोसल मिडिया प्रयोगकर्ताले उनलाई तथानाम भने । एक प्रयोगकर्ताले लेखेका थिए, ‘निकै खराब । बुद्धमाथि बस्नु निकै मूर्खतापूर्ण काम हो । पढेलेखेका मानिसहरु यस्तो काम गर्छन् भने अनपढले के गर्लान् ? तिमीले साँच्चै नै मूर्खतापूर्ण काम गरेकी छौ । भगवानलाई केही त सम्मान गर ।’

एक अन्य प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘तिमी बुद्धमाथि बसेकी छौ । कृपया सबै धर्मको सम्मान गर ।’ एक अन्य प्रयोगकर्ताले लेखे, ‘मैले जबसम्म तिमिलाई बुद्धको प्रतिमाको काखमा बसेको देखेकी थिइनँ तबसम्म म तिमीलाई एक सभ्य र बलियो महिलाको रुपमा सम्मान गर्दथेँ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘माफ गर्नुहोस्, तर बुद्धमाथि बस्नु हामी बौद्ध धर्मावलम्बीका लागि अपमानजनक हो ।’

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्