Logo
७ बैशाख २०८१, शुक्रबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीप दुर्घटनाको शोकमा असार १५ गते सार्वजनिक बिदा दिइने

हुम्ला :  खार्पुनाथ गाउँपालिका-५ को बेडुबिसौनास्थित कर्णाली नदीमा दुर्घटना भएको लु१ज ७१६६ नम्बरको जीपमा परी खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जना बेपत्ता रहेका छन् ।

दुर्घटनामा बेपत्ता भएका यात्रु र जीपको कुनै पत्ता नलागेपछि बेपत्ता भएका व्यक्तिहरुको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार अपरान्ह बसेको बैठकमा खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाकोे सो निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुर्घटनामा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, चन्द्र हमाल, नैनसिंह भण्डारी, मणी साही, बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, कौंरा दमाई र कौंराको दुई छोरा बेपत्ता भएका छन् । जीत दुर्घटना भएलगत्तै खोजीकार्य सुरु भएपनि हालसम्म केही भेटाउन नसकेको गुनासो रहेको छ ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्