Logo
८ बैशाख २०८१, शनिबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको गुप्तचर ड्रोन खसालेको इरानको दाबी

अमेरिका र इरानको युद्ध कायमै रहेको छ । एकअर्कामाथि आरोपप्रत्यारोप लगाइँदै आएको छ ।

त्यसै मामिलामा अमेरिकाले इरानको हवाई क्षेत्रमा पठाएको गुप्तचर ड्रोन आफूहरुले खसालेको भन्दै इस्लामिक रिभोलुसन गार्डस क्रप्स (आइआरजिसी)ले दाबी गरेको हो । इरानको दक्षिणी प्रान्त होर्मोग्गानको कुह्मोबाराक क्षेत्रमा सेनाले ड्रोनमा आक्रमण गरेको उनीहरुले बताएका छन् ।

अमेरिकी सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । उसले अस्वीकार गरेको छैन र स्वीकार पनि गरेको छैन । अमेरिकाले मध्य पूर्वमा थप १ हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो ।

गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको हात रहेको आरोप लगाउँदै अमेरिकाले थप सेना खटाएको हो । इरानले भने आरोप अस्वीकार गर्दै आएको छ । इरानले अब युरेनियमको उत्पादन बढाउने घोषणा गरेको छ ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्