Logo
११ बैशाख २०८१, मंगलबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुतिरहेको व्यक्तिमाथि धारिलो हतियार प्रहार

बर्दियाको राजापुर नगरपालिका-३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारुको गए राति अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या गरिएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए ।

उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्